Friday, May 16, 2025
समाजसंघको स्थायित्वका लागि संयमता अपनाउन चिरञ्जीवी ढकालको आह्वान
spot_img

संघको स्थायित्वका लागि संयमता अपनाउन चिरञ्जीवी ढकालको आह्वान

spot_img

काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीवी ढकालले संघमा पछिल्लो समय उत्पन्न नेतृत्व संकट र विभाजनको सम्भावनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

ढकालले दुई दशकअघि नेपालको समृद्धिको सपना बोकेर स्थापना गरिएको संघ आज नेतृत्वका लागि देखिएको आन्तरिक प्रतिस्पर्धाका कारण गम्भीर संकटमा फसेको बताएका छन्। उनले एकता अधिवेशनपछि उत्पन्न विवादले संघलाई विभाजनको संघारमा पु¥याएको भन्दै चिन्ता व्यक्त गरे।

संस्थाको १०औं महाधिवेशनपछि देखिएको विवाद र त्यससम्बन्धी सर्वोच्च अदालतका दुई फैसलाको मर्म विपरीत आगामी मे ३ मा एकता महाधिवेशन आयोजना गर्न लागिएकोप्रति ढकालले एक बिज्ञाप्ती सार्वजानिक गर्दै आपत्ति जनाएका हुन् । परराष्ट्र मन्त्रालयले समेत अधिवेशन आगामी ६ महिनाका लागि सार्न सर्वोच्चमा निवेदन दिए पनि त्यसलाई बेवास्ता गर्दै पूर्वअध्यक्ष शेष घलेले एकल प्रयासमा अधिवेशन गर्न खोजेकोप्रति ढकालले गम्भीर असन्तुष्टि जनाएका छन्।

सर्वोच्च अदालत, विदेशस्थित राष्ट्रिय समितिहरू, संस्थापक सदस्यहरू तथा वर्तमान कार्यसमितिको भावना विपरीत कुनैपनि अधिवेशनको औचित्य  नभएको उनेको भनाई छ । उनले  भनेका छन् , “संघको विधानअनुसार आगामी अक्टोबरमा १२औं महाधिवेशन सम्पन्न गर्नुपर्छ।”

संघको स्थायित्व र विश्वसनीयता जोगाउन सबै पक्षलाई संयमता र जिम्मेवारीपूर्वक अघि बढ्न ढकालले अपिल गरेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img