काठमाडौँ | तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शनिबार बौद्धमा सम्पन्न अधिवेशनबाट यसअघि उपाध्यक्षका रूपमा रहेका विनायक तामाङलाई सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा र जोगलाल लामा, महिला उपाध्यक्षमा पुनः सुनिता लुङबा जिम्मेवारीमा निर्वाचित भए।
महासचिवको जिम्मेवारी बुद्ध तामाङले पाएका छन् भने सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह–कोषाध्यक्षमा मनिका सिङ्तान चयन भए।
सदस्यहरूमा मायादेवी मोक्तान, शम्भु मोक्तान, संजय हुत्त तामाङ, हिरोज लोप्चन, इश्वर लामा, संगीता तितुङ, सञ्चु थोकर, रेसम कुमार स्याउली तामाङ, डोल्मा लामा मोक्तान, सन्तोष गोले, रिना लामा, गोर्खे घिसिङ, दल बहादुर स्याङतान, बिन्दा तामाङ, सुनिल कुमार मोक्तान, छिरिङ तामाङ, भिमा तामाङ र बुद्ध तामाङ रहेका छन्। नयाँ कार्यसमितिले थप तीन सदस्य मनोनयन गरेपछि संघको कार्यसमिति २९ सदस्यीय हुने भएको छ।
तामाङ चलचित्र संघको स्थापना १६ वर्षअघि तामाङ चलचित्रकर्मीको पेसागत हकहित, व्यावसायिक विकास, तथा तामाङ भाषा, संस्कृति र कलाको संरक्षण–प्रवर्द्धनको उद्देश्यले गरिएको हो।
अधिवेशनको उद्घाटन संघका अध्यक्ष दिपक लामाको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता गणेश लामाको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा अधिवेशन प्रतिनिधि, तामाङ चलचित्रकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।



