Friday, February 7, 2025
विचार/ब्लगसञ्चारकर्मीको समस्या: "के छ पैसा आउदै छ ?"

सञ्चारकर्मीको समस्या: “के छ पैसा आउदै छ ?”

  • पारस चौधरी, इटहरी

मिडिया मालिकबाट शोषित नभएका प्राय कम मात्र मिडिया कर्मी र पत्रकार पाइन्छ्न हिजो आज । बाटोमा भेट हुदा होस या च्याटमा कुरा हुदा होस सञ्चारकर्मीको पहिलो बातचित नै “के छ पैसा आउदै छ ?” प्राय: को उत्तर उहीँ बटारिएको मुख “अह! उस्तै त हो पहिला जस्तै” या मन खुम्चाएर निस्केको अलिकति लाज पचाइ सकेको हासो हुने गर्दछ ।

साह्रो, गाह्रो ,अफ्टेरो सबैलाइ पर्छ, परेका बेला सहयोग मागौ न त भन्दा लामो समय मिडिया लाइन मै काम गरेको हुनाले, चिनेका आफ्ना सर्कलका साथी भाइ कति हुन कति गनि भ्याइ सकिन्न कस्लाइ भनौ भन्दै सबैका च्याट बक्स ओपेन गर्दै हेर्यो, जसको हालत मेरो भन्दा खराब छ थाहा छ आफुलाइ ।

अन्तिममा त्यही पनि छ कि त भनेर लाज सरम पचाएर, झिनो आशाले म्यासेज गर्यो ‘सुन्न तँ सङ अलि अलि छ ।’ आउने उत्तर प्राय सबैको एउटै हुन्छ, अलि व्यस्त साथीहरुको हाहा इमोजी बाकीको ‘म नि तँ जस्तै हो नि यार बिजोक छ ।’ अनि उस्को कहानी सुन्दिनै पर्यो ‘के गर्नु यार हिजो दुई किलो चामल ल्याको,बाइकमा तेल हाले एक सयको, आज तै बीस ,तीस रैछ र तरकारी ल्याए सकियो नि यार छैन’ उस्को सुन्दा सुन्दै आफ्नो भुलिन्छ ।

सुरु सुरुमा म मात्र होला पिडित जस्तो लाग्थो एक दुई जना सङ कुरा शेयर हुँदै गयो, जस्को सुन्छु सबैका पीडा उहीँ छन् । एक जना मिल्ने सिनियर सर हुनुन्थो एउटा नेसनल टिभी र अनलाइन अनि अरु लोकल टिभी र अनलाइन गरेर चार तिर काम गर्नु हुन्थियो, तलब हिसाब नै गर्ने हो भने महिनाको सत्तरी हजार कटाउनु हुन्थ्यो । म अफिस मै थिए, एकछिन भेटौ न तल आउनु भन्नू भयो हतासिएको आवाज सुनेर अफिस मुनि गए डिस्कभर बाइकमा हेल्मेट नै नखोली पर्खी रहनु भएको रैछ । “एउटा समस्या पर्यो हौ ब्रोदर” भन्नू न के होला ? “नानी बिरामी भइ अरे घर जानू पर्ने सुको पैसा छैन कति छ दिनु न मलाइ, तलब नहाली दिएर बिजोक पर्यो यार” छैन हौ सर म सङ नि “चार ओटै बैंक का मोबाइल बैङकिङ खोलेर देखाइ दिए” गोजि मा छैन के होस गोजिमा झन हात हालेर तानेको एउटा सयको नोट बाकी बिसको र पाचको गरेर एक सय पच्चिस निस्कियो उसको प्रश्न आयो “लु त्यो २५ तपाईं राख्नु एक भए नि दिनु, घर सम्म पुग्ने भएनि तेल हाल्न हुन्छ” जवाफमा म केही बोल्न नसकी दिए।

दोधार यो भयो कि खुसी हुने कि दुखी हुने, यति सिनियर यति धेरै चिने जानेका मान्छे भाका मन्त्रीसम्म लिंक भएका मिडिया मालिकका जहिलेका जयजयकार भएर काम गरिरहेका मान्छेको हालत आफ्नो जस्तै देखेर खुसी हुने कि उनी पनि आफू जस्तै पिडित सम्झेर दुखी हुने उसको समस्या यस्तो देख्यो ।

एक पटक भत्ता वाला प्रेसमिट, एउटै टिभीका सात जना आए, अर्को अनलाइनको हेरे टिम नै सबै त्यही छ, सबैको प्राय हेर्छु एउटै मिडियाबाट थोरैमा नि तीन जनासम्म थिए, मेरो टिभिको प्रतिनिधि म एक्लै म नि के कम भत्ता छ केटा हो आओ नाम चाहिँ फरक फरक अनलाइनको लेखाउनु है भन्या दश मिनेट नबित्तै मेरा टिभीको एम.सि.आरको सम्म ढोका बन्द गरेर आइ पुगे । नाम एउटै लेखाउने हुन कि भन्ने डर थियो लेखाएन छन धन्न । कारण त्यहा एउटा मिडिया बाट एक जनाको मात्र उपस्तिथि होस भन्ने आदेश जो थियो । मेरो त सेटल भयो । बाकीको के होला भन्ने थियो, कसैको नाम कुनै मिडिया सङ दोहोरिएन । चार सयको लागि यहाँ यति सम्म गतिछाडा बन्नु परिरहेको छ सबैलाई, कारण तलब टाइममा नदिनु, मालिकको शोषण ।

अरे बाबा सबैलाइ छ त पीडा त तर किन कोहि नबोलेका ? दुई चार दिन अगाडी पत्रकार कै एक जना साथी हुनुन्थ्यो, हामी भन्दा केही सिनियर पत्रकार नै, चिया पसलमा भेट भयो । मैले चिया पिउन आग्रह गरे, हतार छ यार भन्दै सिधै इन्कार गरे । ढिट लागेर जबरजस्ती गरेसी कानको छेउमा आएर भने “सुक्को छैन यार अफिसले पैसा नै हाल्देको छैन अफ्टेरो नपार्नु न यस्तो बेला” मैले म छु भनेछी चिया पिउन तयार भए ।

विचारा महासंघकै सदस्यको यो हालत छ हाम्लाइ के नापी दियोस महासंघले। जिस्काउदै भने अनि` तपाइ आफै सदस्य हैन भन्नू नि, उनको जफाव आयो “भनेर के गर्नु त्यही एक पत्तो विज्ञप्ति निकाली दिने हो बिल्ला मात्र हुन्छ टाइम पास गर्ने मेलो नि जान्छ ।”

सबै पिडित छन, सबै काम गर्छन, सबैलाइ शोषण उस्तै छ तर किन कोहि बोल्न नचाहेका हुन ? किन म आफै आवाज उठाउन नसकेको हु ? एन्करहरुको बिजोक झन के भनौ ?

एक समय हुदो हो चोकको जेब्रा क्रसिङमा टक टक बाटो काट्दै गरेर एक हुल एन्कर साथीहरुलाई देखे, म उनिहरु आएको तिरै जानू थियो, कोहि न्युज सकेर त कोहि प्रोग्राम सकेर फर्किदै गरेका कोहि न्युज पढ्न जाँदै गरेका, एक छिन रोकिएर सबैलाइ हेरे कोट, पेन्ट, मेकअप, कपाल चट्ट मिलाको जेल लगाएर, लेडिजहरुको टक्क स्टेट कपाल कोट पेन्ट फुल फर्मल, हेर्दा अरबौ लगानी भएका कम्पनिहरुको सिइओहरुको मिटिङमा जाँदै गरेकाहरुको समूह जस्तो देखिने । खैर जस्तो देखिएनि सामान्य कम्पनिको मेनेजर जत्तिको सेमिफर्मलमा म पनि थिए, उनीहरू सँग हिचकिचाउनु पर्ने कुनै कारण थिएन, पहिलो सबै मेरा साथी हुन, दोस्रो जस्तो देखिए नि एउटिलाई मैले भोलि लाई दिने सर्तमा बीस रुपिया ब्यालेन्स लगाइ देको थिए, बाकी दुइटीको सय,सय गरेर दुई सय तिर्नु थियो ।

अरु दुइटासँग सय, सय खासै लेनादेना हुदैन । जो सङ छ काम चलाउ । भेट भयो खाजा खान जाने सल्लाह भयो, कमन मान्छेमा खाजा चिया नास्ता खादा खुवाउदा केटिहरुलाई पैसा तिराउने चलन हुदैन, तर हामी अलिक फरक काम गर्ने मान्छेको चलन नि फरक हुन्छ जोस्ले खुवाए पनि जो सङ जति छ मिलेर तिर्ने । नत्र रिन लाग्छ तिर्नु पर्ने गरि । यो रमाइलो प्राय सञ्चारकर्मीलाई थाहा हुन्छ । खाजा खान बसियो सबैको मुख हेरे दुइटीको काम दिनको दुई शिफ्ट न्युज पड्ने, एक शिफ्टमा बिस मिनेटको मात्र न्युज जान्छ, यसर्थ उनिहरुको टाइम टिभिले दिनको जम्मा चालिस मिनेट लिएको हो ।

अर्थात अझ भनौ प्रती मिनेट पाँच रुपिया गरेर दिनको चालीस मिनेटको दुई सयको दरले महिनाको ६ हजार मात्र, एक जनालाइ तीन हजार मात्र । एक महिनामा । आउन जान सफारी भाडा नि पुग्दैन यार म त लाजले मात्र बसेको यार । पुगोस पनि कसरी । अर्किको गुनासो उस्तै छ हेर्दा ट्क्क क्या सान छ यार तलब सम्झिदा रुन मन लाग्छ, कलेज फि तिर्नु छ काम गरेको सात महिना भयो के भनेर घरमा माग्नु यार लाज मर्दो छि कुन दिन यो काम सुरु गरेछु, न भनेको बेला तलब दिन्छ ।

अर्को साथिको गुनासो उस्तै छ । एउटा एपिसोडको तीन हजार भन्यो र सुरु गरेको यार मैले त बाइकमा तेल खाजा नै पुग्दैन यार ती माथी सबै गोजिको हालेको छु रिन लागेर उस्तो भै सको कहिले तिर्ने हो न टाइममा पैसा आउछ । सबैका गुनासो उस्तै । आफुलाइ सम्झे दिन भर कार्यक्रममा हिन्यो, पत्रकारलाई आसन ग्रहण, खदा माला मायाको चिनो । सोसियल मिडिया ढकमक्क छ फोटोले, बेलुकालाई बेसार सकिएको छ ।

रिपोर्टिङमा हिन्यो फलानो मेयर डिस्को संसद मन्त्रीको व्ह्वाट लाई दियो यार त्यो पत्रकारले तारिफ र वा वा गाउँ समाजमा उस्तो छ । हजारौका लागि दुख पोख्ने हामी छौ हजारौका कुरा लिएर सम्बन्धित निकायमा पुगेर थर्कमान बनाउने हामी छौ म छु, लाखौको बिश्वासिलो पात्र छु, तर आफ्ना लागि आफ्नै मालिक छैन । आफ्ना लागि आफै माथी विश्वास छैन कि आज साथी सङ मागेको पचास भोलि कसरी तिर्छु भनेर ।

यसो त केही श्रमजिबि दाइ पत्रकारहरु छन, मिसन पत्रकारिता देखि नै सुरु गरेका । उनिहरु सबैका पत्रकार हुन, चिल्लो कार छ, आनन्दको बसाइ, खुसी परिवार । उनिहरुको दुई,तिन महिनामा कसैको न कसैको जन्मदिनको आउछ, तर समचार खासै आउदैन । त्यही पनि कमाएकै छन खाएकै छन, खुवाएकै छन, उडाएकै छन । त्यो एउटा जन्मदिनकमा डेमा उडाउने एउटा स्याम्पेनको दाम मात्र दिएनि एक महिनाको कोठा भाडा तिर्न हुन्थो भन्ने आश हुन्छ । कास त्यो दिन न आओस पनि, अवैधानीक सम्पत्ती भनेर एकछिन अगाडि फलानो नेताको न्युज लेखेर आको मान्छे म छि! चाहिएन ।

बाकी अझै केही दाइदिदीहरु छन प्रेस सेन्टरमा आवद्ध, प्रेस युनियनमा अवाद्द, प्रेस चौतारीमा आवद्द, स्वतन्त्र प्रेस सङठनमा आवद्द, पत्रकार महासङघमा आवद्द, खै! के के संगठनमा आवद्द, खै! के वार्ड कमिटी सदस्य तथा पत्रकार, अनि खै! के डटकम जे होस उनिहरुले लेखेको समचार आउदैन तर तलब भनौ या पैसा उनिहरुलाइ सधै आउँछ । खुसी लाग्छ । कोहि पत्रकारले त पाई रहेका छन नि ।

अन्त्यमा पत्रकारहरु धेरै जसो मिडिया मालिकका शोषणमा पर्ने नै गर्दछ्न तर कमैले मात्र बाहिर कुरा ल्याउछ्न । बाहिर आएका कति कुरा कतिका नजरमा पर्छ्न तर कति कुर कसैका नजरमा पर्दैनन् । परे पनि हेर्यो, सुन्यो, पड्यो अनि छाड्यो । म पनि गत एक दुई दिन रिपोर्टिङमै ब्यस्त रहे ।

Untitled e1691028649966
सुस्मा तिखत्री ।

म्यासेन्जरमा झापाली सुस्मा जि ले एक दुई दिन अगाडि सेयर गर्नु भएको एउटा ब्लग भेटे हेरे, अनि यत्ती लेख्न भ्याए, प्रायले यति लेख्ने हिम्मत गर्दैनन तपाईंले सुरुवात गर्नु भएको छ, अब सबैले लेख्छन अनि बोल्छन पनि । कसैको आवाज हामी सबैको आवाज हो त, हामी किन बोल्दैनम? किन सेयर सम्म गर्न पनि हिचकिचाउछौ । उहाको आवाज, खुद तपाइको आवाज हो श्रमजिवि मित्रहरु, अनि तपाइको आवाज मेरो पनि आवाज हो सुस्मा जि । सुस्मा खत्री ज्यु, मेरो र तपाइको आवाज हो उठाऔ जस्ताको तस्तै :-

“म एक श्रमजीवि पत्रकार कैंयौँ नागरिकको आवाज बोल्दैछु तर मेरो आवाज बुलन्द हुने आजसम्म कुनै माइक्रोफोन बनिएका छैनन् । भौँतारिए म कुनै आवाजले मात्र होइन् मेरो श्रम लुटियो यहाँ मेरो दिन दैनिकी बाह्र घण्टा सम्म भुटिए यहाँ , बुलन्द आवाज पनि शुन्यतामा कतै बिलाइदियो, नेपथ्यले अलि गिज्याइरहेछ ।

द्रबिलो स्वरले समाचार पढ्न् मेरा आवाजहरु, आज भोली दबिएका छन्, किनकी मेरो श्रम लुटिएको छ । अभावले भौतारिएको छु म दुख र अभावका पराकाष्ठ हुन् पत्रकार तर उनीहरुका आवाज कसले सुनिदिने ?

मर्यादा र प्रतिष्ठालाई हेर्दा हेर्दै कैयौँ सपनाहरु सडकमा छरपष्ट भएका छन् । घरमा सन्ततिहरु आतिएका छन् । अनि भौंतारिएका छन् पत्रकारहरु आफ्नो पारिश्रमिक नपाएर मिडिया मालिक भनाउँदाहरुलाई अब सोध्न मन छ गरिवी के हो ?

भन्न मन छ भोक हो ? ए , श्रम लुटेरा हो गरिवी का रतग चुस्न नगर एक दिन तिनै लुटिएकाहरुले तेरो चुस्दा थाहा पाउने छस् , त्यतिबेला तैँले कुनै क्षमा पाउने छैंनस् ।।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस