Sunday, September 15, 2024
राजनीतिएमालेले पनि गर्यो एमसीसीका बारेमा कित्ता क्लियर !

एमालेले पनि गर्यो एमसीसीका बारेमा कित्ता क्लियर !

माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौं : एमाले

काठमाडौ ।

नेकपा एमालेले पनि अनौपचारीक रुपमा एमसीसी बारे आफनो धारणा सार्वजनिक गरेको छ । एमालेका एक नेता भीम रावलले एमसीसीको चर्को विरोध गर्दै आएका छन् । एमालेले औपचारीक रुपमा धारणा सार्वजनिक नगरेको भएपनि प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् ।

सभामुख अग्नी सापकोटाको राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको एमालेले आफुले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने भएको छ । एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने पनि एमालेको भनाई छ ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेको भन्दै एमालेले सभामुखको राजिनामा माग गरेको हो । यो विषय सवोच्च अदालतमा पनि पुगेको छ । आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने । ‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उनले भने ।

एमसीसीभन्दा पनि आफुहरूले राखेको माग ठूलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा सचेतक भट्टराईको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img