Sunday, September 8, 2024
राजनीतिएकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने
spot_img

एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने

देउवालाई आलेको बचन

काठमाडौं |

९–१० जना मन्त्रीले पनि एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको पाइएको छ । पर्यटनमन्त्री प्रेम आलेले त मन्त्रीसहित एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने प्रधानमन्त्रीलाई विश्वास दिएको बालुवाटार स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘नेकपा एकीकृत समाजवादीमा माधव नेपालभन्दा प्रेम आलेसँग सांसद बढी देखिन्छन् । प्रेम आलेसँग १० जना सांसद होल्ड छन् ।’ पर्यटनमन्त्री आलेले आफ्नो पार्टीबाट श्रममन्त्री किसान श्रेष्ठ, पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकीले एमसीसीको पक्षमा मत दिने विश्वास प्रधानमन्त्री देउवालाई दिलाएका छन् । गत असार ३ मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि एमालेमा ओली निकट उनीहरुले विश्वासको मत दिएका थिए ।

यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ । काँग्रेसका ती पदाधिकारीले भने, ‘यिनीहरुले प्रधानमन्त्रीलाई बचन दिएका छन् । त्यो हुँदा एमसीसी पास गर्न बहुमत पुग्छ । अहिलेको हिसाब किताब यही हो ।’

-Google Ads-

काँग्रेस नेताहरु अनुसार गठबन्धन भत्केको अवस्थामा माधव नेपालले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाए पनि आले फर्किने मु’डमा छैनन् । आलेले प्रधानमन्त्री देउवाबाट पनि बर्खास्त नहुने गरी लबिङ गरिरहेको बालुवाटार स्रोतको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img