राजनीतिविवेकशिल साझाका अध्यक्ष नै एमाले प्रवेश

विवेकशिल साझाका अध्यक्ष नै एमाले प्रवेश

काठमाडौ ।

विवेकशील साझा पार्टीका एक जना जिल्ला अध्यक्ष नै नेकपा एमालेमा प्रवेश गरेका छन् । विवेकशिलका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका हुन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि एमाले नेता डा राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसाबले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको उनले उल्लेख गरे ।

पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको बताए । यसअघि, विवेकशील साझाका केही युवाले पार्टी छोडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img