एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारlदिएको थियो त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।
संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वाेच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायाे मात्र होइन, पाँचवटा बाच्छा पायो ।
एक अर्को प्रसंगमा उनले आफू मरेपछि कसैले पनि नसम्झिउन् भने । मलाई एकजना पत्रकाले सोध्नुभएको थियो, इन्टरभ्युमा । आफू म’रेपछि जनताले कसरी सम्झिउन भन्ने चाहनहुन्छ तपाईं ? भन्नुभएको थियो । मैले भने, म’रेपछि नसम्झिउन् भन्ने चाहन्छु । उनले आफ्ना छोराछोरीलाई राम्रा शिक्षा दिने, समाजका लागि काम गर्न, देशका लागि काम गर्न सुझाएँ ।
म’रिसकेको मान्छेलाई सम्झिएर बेकारमा समय बर्बाद गर्न आग्रह गरे । भने, म’रेको मान्छेलाई सम्झेर एक डोको मकै फल्छ ? एक बाला धान फल्छ ? एक माना दूध आउँछ ? केही हुन्छ ? एउटा फूल फुल्छ सम्झिएर ? उनले अतितमूखी हुन नहुने बताए । ‘सम्झिने झन्झट छोडिदेउ भनेको छु । त्यही भनेकोले हो कि क्या हो, अचेल फूलैफूलमाला आदि इत्यादी आजै दिइहाल्छन्’ उनले भने, मलाई म’रेपछि सम्झिउन् र समय ब’र्बाद गरुन् भन्ने इच्छा छैन ।
सम्बोधनका क्रममा उनले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताए । सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका हुन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ ।हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन।उनले भने, बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।
सम्बोधनकै क्रममा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्याएका छन् । उनले भने रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् । उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ ।
उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने, उनले भने, राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन । लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए।ओली भन्छन् कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।