Wednesday, April 30, 2025
राजनीतिप्रेस युनियनको आयोजकमा इटहरीमा `युथ कंग्रेस कन्क्लेभ ´ कार्यक्रम सम्पन्न
spot_img

प्रेस युनियनको आयोजकमा इटहरीमा `युथ कंग्रेस कन्क्लेभ ´ कार्यक्रम सम्पन्न

सन्जिप तिम्सिना
सुनसरी / इटहरीमा रहेको दुर्गा पार्टी प्यालेसमा हिजो शनिबार `युथ कंग्रेस कन्क्लेभ ´ नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत इटहरी उपमहानगर समितिले गरेको कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रममा इटहरीको शैक्षीक उन्नयनको बिषयमा युवानेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालः निर्मला चौधरी, प्रविधि मैत्री सहरः मन्दीप भट्टराई, आर्थीक समृद्धीका आधारहरुः विक्रम घिमिरे, सामाजीक लोकतन्त्रका सवालहरुः सुवेक्छुक देवान, व्यवस्थीत श्वास्थ्य सेवाः सन्दीप पौडेल र कला साहित्यको बिषयमा रंगकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने गरेका थिए ।

वडाका युवा नेताहरुले वडास्तरीय समस्या कार्यक्रममा राखेका छन् । युवाहरुको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी काँग्रेसबाट मेयरका दाबेदार नेताहरुले आफ्नो योजना सहित भनाई राखेका छन् । हाल देखीएका दाबेदार मध्ये नगर सभापती हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भिम बहादुर पौडेल र रोहीत प्रसाईले आ-आफ्नो भनाई राखेका थिय ।

नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतीथ्यतामा कार्यक्रम इटहरीका सरोकारका बिषयमा छलफल भएको प्रेस युनियन इटहरीका सचिव मनोज दाहाल बताउछन् । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आफ्नो कुरा राखेर कार्यक्रम समापन गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img