देशमधेस प्रदेशजसपा नेपालले मधेशमा अनिश्चितकालीन बन्दको चेतावनी

जसपा नेपालले मधेशमा अनिश्चितकालीन बन्दको चेतावनी

हेटौँडा | जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई विनासर्त रिहा नगरे मधेश बन्द गर्ने चेतावनी जारी गरेको हो।

मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डला र बबरमहलमा मसाल जुलुस प्रदर्शन गरिरहेका क्षेत्रबाट जसपाका प्रवक्ता मनिषकुमार सुमनसहित १८ जना पक्राउ परेका छन्। पक्राउ परेकामा प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेश सभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसाकुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणुराज सिंह रहेका छन्।

जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवका अनुसार, “शान्तिपूर्ण विरोधसभाबाट पक्राउ गर्नु गैरलोकतान्त्रिक कार्य हो। आन्दोलनकारीहरूलाई तत्काल रिहा गर्नुपर्छ, नत्र बन्दबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ।”

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img