खेल समाचारबकैयामा फुटबल प्रतियोगिता हुँदै

बकैयामा फुटबल प्रतियोगिता हुँदै

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ गतेदेखि बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

बकैया खेलकुद विकास समितिका अध्यक्ष बिजय लामाका अनुसार यसवर्ष सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनिएर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुने लामाले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन यही पुस १९ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको र खेल तालिका पुस २० गते सार्वजानिक गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पप्रदान गरिने छ भने विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img