Thursday, December 5, 2024
कृषीचिराइतोले मूल्य पाउँदा भोजपुरका किसान खुसी

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान खुसी

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा उत्पादन भएको बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि किसान खुसी भएका छन् ।

यस वर्ष भोजपुरबाट एकहजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताए । यस वर्ष चिराइतोको मूल्य बढेकाले जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । जसमा उनले ३० हजार केजी चिराइतो बाहिर पठाएको उनको भनाइ छ ।

यस वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले बिक्री भएको छ । चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ- १ तिम्माका किसान देवेन्द्र राउतले जानकारी दिए । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भइएको उनको भनाइ थियोे ।

टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र रु एक करोड ६५ लाखको चिराइतो उठाएको
चिराइतो व्यवसायी बताउँछन् ।

अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताए ।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताए ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका-५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्र हुन् । चिराइतो खेति गर्ने व्यवसायीलाई टेम्केमैयुङ गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।405499807tamke1

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img