देशकोशी प्रदेशझापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापा / झापाको कमल गाउँपालिका- ४ ज्योति चोक स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ६४३५ नम्बरको बस एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका ७ का ५० वर्षीय टेकनाथ खटिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

घाइते भएका उनको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न स्कुटर चालक अर्जुनधारा ९ का २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक कानेपोखरी ६ मोरङका ३० वर्षीय केशव बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img