काठमाडौं: जलतथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म मुलुकभरका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार यतिबेला सुदूरपश्चिम, लुम्बिनी, मधेस, बागमतीलगायतका प्रदेशमा मध्यम खाले वर्षा भइरहेको छ।
महाशाखाले आगामी २४ घन्टा बिहीबार बिहान ६ बजेसम्मका लागि चेतावनी जारी गरेको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाको पूर्वानुमान छ । महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शुक्रबारसम्म निरन्तर वर्षा हुनेछ ।
बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा झरी पर्नेछ । केही स्थानमा स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । आगामी शुक्रबार कोसी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही ठूलो झरी पर्नेछ भने तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।



