सुनसरी : इटहरीको मुख्य चोकमा आमा र छोरीलाई टिफरले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ ।
आज दिउँसो ३ बजे टिपरले स्कुटरलाई ठक्कर दिँदा इटहरी वडा नम्बर ८ गैसार घर भएकी अन्दाजी ४२ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको हो । २२ वर्षीय छोरी अंशु चौधरी गम्भीर घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको लगिएकोमा मंगलबार बेलुका छोरीको मृत्यु भएको इलाका प्रहरीले कार्यलय इटहरीले जनाएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको ट्रिप्परले ठक्कर दिएको हो ।
टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले टिपर तोडफोड गरेका छन् । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रहरीले असुल ग्यास प्रहार गरेको थियोे । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको बाक्लो रुपमा परिचालन गरिएको थियोे ।
तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट डाइभर्ट गरिएको छ । ३ बजेदेखि सवारीसाधन आवागमन रोएको साढे ६ बजे खुलेको हो ।
टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ईटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्यायनरत अंशु सहित उनकी आमाको निधन भएपछि आज बुधबार स्कुल र कलेजले शोक विदा दिएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेल छानबिन समिति बनाएर कडा कार्वाही गर्ने बताएका छन् । ट्राफिक प्रहरी र नेपाल प्रहरी सँग छलफल समेत गरिसकेको उनले सामाजिक सन्जाल फेसबुक मार्फत जनाएका हुन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।



