काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्रीदर १५५ रुपैयाँ ८ पैसा पुगेको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। डलरको बिक्रीदर १५५ रुपैयाँभन्दा माथि पुगे पनि खरिददर भने सोभन्दा कम रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रातर्फ कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा रहेको छ। साउदी अरेबियन रियालको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तोकिएको छ।
त्यस्तै, संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४२ रुपैयाँ ६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५६ पैसा रहेको छ।
आज सबैभन्दा बढी मूल्य रहेको मुद्रामध्ये कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। बहराइन दिनारको बिक्रीदर ४१० रुपैयाँ ७० पैसा र ओमानी रियालको बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने केन्द्रीय बैंकले तोकेको दरभन्दा फरक हुन सक्नेछ।
Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate



