हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज २३ गते गरेको निर्णयअनुसार प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवा तथा पदस्थापनको निर्णयसँगै प्रदेशका विभिन्न जिल्लामा रहेका प्रशासनिक कार्यालयको नेतृत्व परिवर्तन हुने भएको छ। केही उपसचिवलाई मन्त्रालयबाट मातहतका कार्यालयमा पठाइएको छ भने केहीलाई कार्यालयबाट मन्त्रालय तथा अन्य प्रशासनिक निकायमा सरुवा गरिएको छ। कतिपय कर्मचारीलाई भने हाल कार्यरत निकायमै पदस्थापन गरिएको छ।
यसपटकको निर्णयमा यातायात व्यवस्था, उद्योग तथा वाणिज्य, पर्यटन, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयलगायत प्रत्यक्ष सेवा प्रवाहसँग सम्बन्धित निकायमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिइएको देखिन्छ।
मुख्यमन्त्री किरण थापामगरका अनुसार सरुवाका लागि निवेदन दिएका तथा एउटै कार्यालयमा दुई वर्षको सेवा अवधि पूरा गरेका प्रशासन सेवाका उपसचिवहरूको सरुवा गरिएको हो। प्रशासन सेवाका कर्मचारीको सरुवापछि अन्य सेवाका उपसचिव तहका कर्मचारीको समेत जिम्मेवारी हेरफेर गर्ने सरकारको तयारी छ।
मुख्यमन्त्री थापामगरले भौतिक पूर्वाधार विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत उपसचिव तहका कर्मचारीको समेत दशैँ बिदाअघि सरुवा गरिसक्ने योजना रहेको बताएका छन्।
मकवानपुरका कार्यालयमा को आए, को बाहिरिए?
प्रदेश सरकारको सरुवा निर्णयमा मकवानपुरका विभिन्न कार्यालय पनि समेटिएका छन्। हेटौँडास्थित प्रदेश किताबखाना, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, यातायात व्यवस्था कार्यालय तथा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयमा कर्मचारीको पदस्थापन गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत वरिष्ठ उपसचिव नेत्रप्रसाद भट्टराईलाई प्रदेश किताबखाना हेटौँडामा पदस्थापन गरिएको छ। त्यस्तै, प्रदेश किताबखानामा कार्यरत गौतम भण्डारीलाई उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटमा पठाइएको छ।
यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत अमृत अधिकारीलाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरमा सरुवा गरिएको छ। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत पवित्र कुँवरलाई प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौँडामा पदस्थापन गरिएको छ।
हेटौँडास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत बिमलप्रसाद भट्टराईलाई भने सोही कार्यालयमा पदस्थापन गरिएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय हेटौँडामा कार्यरत यादवनाथ आचार्यलाई प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय ललितपुरमा पठाइएको छ।
सामाजिक विकास मन्त्रालय हेटौँडामा कार्यरत पुष्करचन्द्र घिमिरेलाई यातायात व्यवस्था कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पदस्थापन गरिएको छ।
कार्यालय प्रमुख बन्न आकर्षण, अवसर वितरणमा असन्तुष्टि
प्रदेशका उपसचिवहरूमध्ये केहीमा मन्त्रालय तथा निर्देशनालयमा कार्यरत रहनुभन्दा मातहतका कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हाल्ने आकर्षण देखिएको छ। विशेषगरी यातायात व्यवस्था कार्यालय तथा प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायको नेतृत्व सम्हाल्न कर्मचारीहरू इच्छुक देखिएका छन्।
मातहतका कार्यालयको प्रमुख हुँदा प्रशासनिक निर्णय, कर्मचारी परिचालन तथा सेवा प्रवाहको नेतृत्व गर्ने अवसर मिल्ने भएकाले त्यस्ता कार्यालयप्रति आकर्षण बढेको कर्मचारीहरूको बुझाइ छ।
यद्यपि, सरुवामा अवसरको समान वितरण नभएको भन्दै केही उपसचिवहरूले असन्तुष्टि व्यक्त गरेका छन्। लामो समयदेखि मन्त्रालय तथा निर्देशनालयमा कार्यरत कर्मचारीहरूले जिम्मेवारी बाँडफाँट गर्दा सेवाअवधि, कार्यअनुभव, कार्यसम्पादन र यसअघि पाएका अवसरलाई समेत आधार बनाउनुपर्ने बताएका छन्।
सरुवा तथा पदस्थापन भएका ४६ उपसचिवको विवरण
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको निर्णयअनुसार कर्मचारीको नाम, यसअघि कार्यरत निकाय र पदस्थापन गरिएको कार्यालयको विवरण यसप्रकार छ।
१. नेत्रप्रसाद भट्टराई (वरिष्ठ उपसचिव) – युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश किताबखाना, हेटौँडा।
२. हरिहर पोखरेल (वरिष्ठ उपसचिव) – सञ्चार रजिस्ट्रारको कार्यालयबाट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय।
३. महेशराज पौडेल – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवन।
४. रमेश महर्जन – भौतिक पूर्वाधार विकास मन्त्रालयबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय।
५. विनोद पौडेल – उद्योग तथा वाणिज्य कार्यालय, चितवनबाट यातायात व्यवस्था कार्यालय, चाबहिल, काठमाडौं।
६. गोविन्दप्रसाद सुवेदी – कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय।
७. रामप्रसाद भुसाल-उद्योग तथा वाणिज्य कार्यालयबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, धादिङ।
८. पवित्र कुँवर – यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, एकान्तकुनाबाट प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडा।
९. केशवकुमार जि.एम. – यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनाबाट यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, एकान्तकुना।
१०. उमेशकुमार दाहाल – सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना।
११. गौतम भण्डारी –प्रदेश किताबखाना, हेटौँडाबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, नुवाकोट।
१२. सुनिता गजुरेल – श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।
१३. कुमार तामाङ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, काभ्रेपलाञ्चोक।
१४. भक्तबहादुर भण्डारी – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, भक्तपुर।
१५. अमृत अधिकारी – यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, मकवानपुर।
१६. यादवनाथ आचार्य – उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय, हेटौँडाबाट प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, ललितपुर।
१७. पुष्करचन्द्र घिमिरे – सामाजिक विकास मन्त्रालय, हेटौँडाबाट यातायात व्यवस्था कार्यालय, बनेपा, काभ्रेपलाञ्चोक।
१८. प्रविण श्रेष्ठ – श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, भक्तपुर।
१९. प्रकाश अधिकारी – यातायात व्यवस्था कार्यालय, राधेराधे, भक्तपुरबाट प्रदेश स्वास्थ्य निर्देशनालयमा पदस्थापन (निजामै रहने)।
२०. विनोद प्रधान – संस्कृति तथा पर्यटन मन्त्रालयबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, दोलखा।
२१. सन्तोष मोक्तान – स्वास्थ्य मन्त्रालयबाट प्रदेश सभा सचिवालय, बागमती प्रदेश।
२२. प्रदीप राज पौडेल – प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, काठमाडौंमा कार्यरत रहेकामा यातायात व्यवस्था कार्यालय, बालाजु, काठमाडौंमा पदस्थापन।
२३. कुमार पोखरेल – प्रदेश सभा सचिवालय, बागमती प्रदेशबाट भौतिक पूर्वाधार विकास मन्त्रालय।
२४. टेकेन्द्र अधिकारी – प्रदेश लोक सेवा आयोगबाट सोही आयोगमा पदस्थापन।
२५. असिम घिसिङ लामा – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोही कार्यालयमा पदस्थापन।
२६. विष्णु अधिकारी – सहकारी तालिम केन्द्र, चितवनबाट प्रदेश सहकारी तालिम केन्द्र, चितवन।
२७. गणेशलाल महर्जन – प्रदेश लोक सेवा आयोगबाट सोही आयोगमा पदस्थापन।
२८. गोविन्द पुरी – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोही कार्यालयमा पदस्थापन।
२९. सञ्जीव न्यौपाने – प्रदेश लोक सेवा आयोगबाट सोही आयोगमा पदस्थापन।
३०. तीर्थराज उपाध्याय – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट सोही मन्त्रालयमा पदस्थापन।
३१. पदम ओझा – आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय।
३२. आशिष आचार्य – आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सोही मन्त्रालयमा पदस्थापन।
३३. राजन पोखरेल – यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधाराबाट सोही कार्यालयमा पदस्थापन।
३४. पवनकुमार पोखरेल – पर्यटन कार्यालय, काठमाडौंमा कार्यरत रहेकामा प्रदेश पर्यटन कार्यालय, काठमाडौंमा पदस्थापन।
३५. होमनाथ रिजाल – संस्कृति तथा पर्यटन मन्त्रालयबाट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय।
३६. अच्युतप्रसाद उपाध्याय – वन तथा वातावरण मन्त्रालयबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय।
३७. बिमलप्रसाद भट्टराई – यातायात व्यवस्था कार्यालय, हेटौँडाबाट सोही कार्यालयमा पदस्थापन।
३८. श्रीकृष्ण आचार्य – उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, काठमाडौं।
३९. विष्णुकुमार भट्टराई – आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुली।
४०. सुरेश खनाल – यातायात व्यवस्था कार्यालय, कलंकीबाट सोही कार्यालयमा पदस्थापन।
४१. रिता यादव – प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरबाट सोही केन्द्रमा पदस्थापन।
४२. अनिता तामाङ – सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय।
४३. प्रतिभा पन्थी – प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरबाट सोही केन्द्रमा पदस्थापन।
४४. नुमानन्द अधिकारी – आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सोही मन्त्रालयमा पदस्थापन।
४५. पेसल कुमार पोखरेल – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोही कार्यालयमा पदस्थापन।
४६. ताराकिरण राई – उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर।
प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा एउटै कार्यालयमा पुनः पदस्थापन भएका कर्मचारीसमेत समावेश छन्। यसैले ४६ जनाको सूचीमा सबै कर्मचारीले पुरानो कार्यस्थल छाडेर नयाँ कार्यालयमा जिम्मेवारी सम्हाल्ने अवस्था भने छैन।


