मौसममौसममा सुधार हुँदै: आजदेखि वर्षा घट्ने

मौसममा सुधार हुँदै: आजदेखि वर्षा घट्ने

काठमाडाैँ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी थोरै स्थानहरूमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहे पनि हिजोको तुलनामा वर्षाको क्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

​मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका सबै भागमा तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। साथै, कोशी, बागमती र गण्डकीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी एक/दुई स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ।

​आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ। यसअघि गएराति काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो भने आज बिहान बागमती, मधेश र कोशीका केही क्षेत्रमा वर्षा भएको थियो।

​पछिल्लो केही दिनयताको तुलनामा आजदेखि वर्षाको क्रम क्रमशः घट्दै जाने र अब ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् निष्ठा निरौलाले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार