काठमाडौं: राष्ट्रिय परिक्षा बोर्डको बैठक आज बस्दैछ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गर्न तयारी बैठक बस्न लागेको जनाईएको छ ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने बोर्डको तयारी छ ।एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयको भनाइमा नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
हेर्नुहोस् यो सूचना




