समाजनेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।

हाल देशभर ७२ हजार ८ सय ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img