सुनसरी / आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धा’रिलो ह’तियार तरवार प्रहार गरी ह’त्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ मा बस्ने उराउ टोलका ३२ वर्षीय लालु प्रसाद उराउलाई हिजो शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घ’टनास्थलमै मृ’त्यु भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरिएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



