भोजपुर । प्रदेश १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा केही दिन यता खैरो हेरोइन वा ब्राउनसुगर को कारोबार बढ्न थालेको छ ।
भोजपुर बाट धरान तर्फ जादै गरेको को १ ख ६२३२ नम्बरको ट्रक र ना ६ ख ७४७८ नम्बरको ट्रक लुकाएर लैजादै गर्दा सदरमुकाम नजिकै दुम्सिकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका सुचना अधिकारी इन्सपेक्टर अर्जुन कुमार अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका घर भै मोरङ केराबारी बस्दै आएका बर्ष २९ का सुमन तामाङ र संखुवासभा धर्मदेबी नपा घर भएका बर्ष ३७ का दलबहादुर मगरको साथ बाट करिब दुई ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित ८३ हजार ६ सय नगद बरामद गरेको प्रहरीले जनाएको छ ।



