सुनसरी / आज प्रदेश थप १ मा ३९७ जनामा कोरोना संक्रमण हुँदा , सुनसरीमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा थप ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् , संक्रमणबाट २ महिलाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १-१ जना संक्रमित थपिएका छन् । मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५-५, उदयपुर, संखुवासभा र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



