देशकोशी प्रदेशप्रदेश एकमा थप ४०१ जनामा कोरोना संक्रमण , इटहरीमा २४ जना

प्रदेश एकमा थप ४०१ जनामा कोरोना संक्रमण , इटहरीमा २४ जना

सुनसरी / नेपालमा कोरोना संक्रमण हुने संख्या बढेको छ । आज मात्र ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण हुँदा १२ जनाको मृत्यु भएको छ भने प्रदेश १ थप ४०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २-२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये मोरङको विराटनगरमा ४८, सुन्दरहरैँचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४-४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३-३, कटहरी, सुनबर्षी र लेटाङमा २-२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १-१ जना छन् ।

यस्तै, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, बिर्तामोड र कनकाईमा ३-३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, हल्दिबारी र बुद्धशान्तिमा १-१ जना छन् ।

प्रदेश १ मा थप ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img