राजनीति“राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र साही ले जिते २ करोड ९० लाख नेपाली...

“राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र साही ले जिते २ करोड ९० लाख नेपाली को मन भने हामी केजरीवाल बन्दैनौ म राजेन्द्र लिङदेन नै बन्छु, ज्ञानेन्द्र साही ज्ञानेन्द्र नै भन्नू हुन्छ, तर केजरीवालभन्दा राम्रो गरेर जनताको मन जित्छौ।

काठमाडौं । अहिले चर्चामा छ्न ज्ञानेन्द्र साही र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा लोकप्रिय नेता राजेन्द्र लिङदेनले नयाँ दिल्लीका लोकप्रिय नेता अरविन्द केजरीवालको नक्कली आफूले नगर्ने तर उनले भन्दा राम्रो काम गरेर आम नेपाली जनताको मन जित्ने बताएका छन् ।

“कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘म केजरीवाल बन्दिन । मलाई त्यो किसिमको नक्कलमा विश्वास छैन् । म राजेन्द्र लिङदेन नै बन्छु । यही नामबाट राम्रो काम गरेर जनताको मन जित्छु ।”

“लिङदेनले कांग्रेस र कम्युनिष्टबाट रुष्ट भएका, निराश भएका, आशा मारिसकेका जनताले बल्ल राप्रपालाई विकल्पको रुपमा देख्न थालेको बताउँदै हजारौंका संख्यामा भइरहेको पार्टी प्रवेश त्यसको यसको संकेत मात्रै भएको बताए । )”

“क्रान्ति र परिवर्तनका नाममा नक्कली कुरा गरेर सधैं नेपाली जततालाई गरिवी र अशान्तिमा राख्ने काम कांग्रेस र कम्युनिष्टहरुले गर्दै आएको बताउँदै उनले नेपाली जनताको आत्मसम्मान र संवृद्धिको हकलाई उनीहरुले सस्ता कुरा गरेर हनन गर्ने काम गर्दै आएको बताए । लिङदेनले कांग्रेस र कम्युनिष्टले अब जतिसुकै क्रान्तिकारी कुरा गरेर पनि नेपाली जनताले नपत्याउने बताए ।”

“राप्रपाको पक्षमा जनताको आकर्षिण देखेर कांग्रेस र एमालेमा भय बढ्दै गएको भन्दै आफूहरुले उठाएका राजनीति, आर्थिक मुद्दा, भ्रष्टाचार अन्त्य कुराका लागि सडक संघर्षसँगै निर्वाचनमार्फत पनि अघि बढाउने बताए । लिङदेनले अबको चुनावी प्रतिस्पर्धा राप्रपा र गैरराप्रपाबीच हुने संभावना देखिएको बताए ।”

“नेता लिङदेनले विकास के हो ? भन्ने कुरामा पनि तीन दशकदेखि कांग्रेस कम्युनिष्टले जनतालाई ढाँटछल गर्ने र नक्कली कुरा गर्ने काम गर्दै आएको बताउँदै भने, ‘विश्व सुचना प्रविधिमा भएको विकासले ल्याएको परिवर्तन अहिले राणा शासन नै कायम भएको भए पनि रोकिन्थेन, यसमा कांग्रेस, एमालेले हामीले गर्यौं भनेर गर्फ गर्नु बेकार हो । डोजर भएको आफ्नो कार्यकर्ताले पहाड खोस्रिदैमा सडक बन्यो, विकास भयो भन्ने होइन् । जबसम्म जनताले अनुभूत गर्नेगरी उनीहरुको जीवनस्तरमा परिवर्तन हुन्न, तबसम्म विकास भन्न मिल्दैन् ।”

“विकास भनेको गगनचुम्बी भवनहरु बन्नु मात्रै विकास होइन् भन्दै उनले जनताले गर्व गर्दै आएको इतिहास, संस्कृति, विविधिता, एकताको संरक्षण पनि विकासको हो भने । लिङदेनको पार्टीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्ने एजेण्डा बोल्दै आएको छ । उनले यो एजेण्डा आफ्नो कन्भिक्शनको आधारमा देश र जनताको लागि आवश्यकता छ भनेर नै बोकेको बताउँदै यसबाट बिचलिन नहुने बताए ।”

“नेता लिङदेनले आफूहरुले उठाउँदै आएको एजेण्डासँग नजिक रहेका सबै दल, संघसंगठन, समुदाय र व्यक्तिलाई एक बनाएर लैजाने बताउँदै त्यसमा आफू सफल हुने बताए । देश बनाउने कुरा एक व्यक्तिले मात्रै नभएर सशक्त टिम पनि चाहिने बताउँदै राप्रपा सबै क्षेत्रका अनुभवी र इमान्दार व्यक्तिहरुसहितको दल बनिसकेको र थपिने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img