राजनीतिचुनावको बेला १३ विदेशी संस्थालाई कुन कुन पार्टी ले माग्यो त चन्दा...

चुनावको बेला १३ विदेशी संस्थालाई कुन कुन पार्टी ले माग्यो त चन्दा ? जवाफमा यस्तो आयो…

काठमाडौँ — नेपालको विकासका लागि सञ्चालित संयुक्त राष्ट्रसंघलगायत १३ वटा विदेशी दातृ संस्था, विकास साझेदार र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले चुनावको बेला कुनै पनि चन्दा नदिने र यस्ता कार्यका लागि आफ्ना कर्मचारीहरुलाई जब’रजस्ती नगर्न अपिल गरेका छन् ।

उनीहरुले एक संयुक्त अपिल जारी गर्दै आफूले सञ्चालन गरिरहेका परियोजना र त्यहाँ कार्यरत कर्मचारीहरुले सामना गर्नुपरेका चुनौतीहर प्रति चासो रहेको उल्लेख गरेका छन् ।

चुनावको समयमा राजनीतिक दल र तीनका कार्यकर्ताले विदेशी परियोजनामा कार्यरत कर्मचारीहरुसँग चन्दा र सहयोग माग्न थालेपछि विदेशी दातृ संस्थाहरुले अपिल जारी गरेका हुन् ।

‘हामी विशेषत: हाम्रा कर्मचारी र परियोजनाहरुले सामना गर्नुपर्ने चुनौतीहरुप्रति चासो रहेको छ, जस्तै सरोकारवालाहरुले चन्दा वा जिन्सी सहयोग उपलब्ध गराउन दिन दबाब,’ अपिलमा भनिएको छ,’हामी सबै सरोकारवालाहरुई प्रष्ट पार्न चाहन्छौं कि, कार्यसञ्चालनका आधारभूत मार्गदर्शनका हस्ताक्षरकर्ता संस्थाहरुले नेपालको आउँदो निर्वाचना वा अन्य कुनै पनि समयमा चन्दा,नगद वा जिन्सी उपलब्ध गराउने छैन ।’ कर्मचारी वा साझेदारहरुप्रति लक्षित कुनै प्रकारको जबरजस्ती,त्रास वा धम्की दिने कार्य स्वीकार्न नसक्ने अपिलमा उल्लेख छ ।

‘हाम्रा उपकरण,मालसामानहरु र साधनहरु हाम्रा कार्यक्रममा उल्लेखित उद्देश्यबाहेक अन्य कार्यहरुमा प्रयोग हुन दिइने छैन,’ अपिलमा भनिएको छ,’हाम्रा सवारी साधनहरु विकास कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति वा सामान ढुवानी गर्न प्रयोग हुने छैन । सशस्त्र वा जंगी पोसाक लगाएका कर्मचारीहरु ओसारपसार गर्न प्रयोग गरिने छैन ।’

यस्तो संयुक्त अपिल जारी गर्नेमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, एसडिसी, यूकेएड, जाइका, नर्वेजियन राजदूतावास, फिनल्याण्डको विदेश मन्त्रालय, अष्ट्रेलियन एड, जिआइजेड, एसयनभी, कोइका, अमेरिकन राजदूतावास र अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघ छन् ।

उनीहरुले निर्वाचनको समयमा पनि विकास गतिविधिलाई बिनाअवरोध निरन्तरता दिन सरकार,राजनीतिक दल सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।

विकास सहयोयमा निष्पक्षता,जवाफदेहिता,पारदर्शिता र समावेशीताप्रति आफूहरु प्रतिबद्ध रहेको र स्थानीय तह चुनावमा पनि उक्त सिद्धान्तहरुप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरुले १५ बुँदे कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शनहरु जारी गरेका छन् । जसमा के-के काम गर्ने र नगर्ने भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img