समाजतैंले जागिर गरेर हामीलाई के भयो र ‘महिनाभरि काम गरेको पैसा कहाँ...

तैंले जागिर गरेर हामीलाई के भयो र ‘महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस्? भन्दै अमृतालाई …….

काठमाडौं :

रुपन्देहीको तिलोत्तमामा बुधबार शं’का’स्पद मृत्यु भएकी अमृता खत्री टण्डनको ह’ ‘त्या भएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रेका छन्। २९ वर्षीया अमृताको ह’ ‘त्या भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै जानकीनगरमा आफन्तहरु सडकमा उत्रेका छन्।

बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।

‘दाइ म म’र्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’ चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए।

घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्। ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने चेलीको फे’र्ने सास गयो।’

बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे म’र्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले वि’ष से’वन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे।

घरपरिवारमा सामान्य ठा’कठुक भएपनि केही वर्ष सम्बन्ध ठिकै रह्यो। तीन-चार वर्षदेखि भने अमृता र घरपरिवारको सम्बन्ध सुमधुर बन्न सकेन। घरका एक्ला छोरा प्रेम भारतमा जागिर गर्थे। जानकीनगर आएपछि बेरोजगार भएका थिए। अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार प्रेम दुई-चार सय रुपैयाँको लागि पनि आमाबुवा माथि नै निर्भर थिए। परिवारको खर्चको व्यवस्था बुवाआमाले नै मिलाउँथे। श्रीमानले नकमाउने भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन्। भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइन्।

दिनभरि घरमा बसेर झनै मानसिक तनाव झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन्। प्रेम भने दिनभरि आमासँगै घरमै बस्थे। पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ-बिहान घरपरिवारसँग दिनहुँ जसो झ’गडा भइरहन्थ्यो। ‘महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस्, तैंले जागिर गरेर हामीलाई के भयो र? भन्दै तनाव दिइरहन्थे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img