देशकोशी प्रदेशनेपाली कांग्रेस विराटनगर समितिले गर्‍यो मेयर र उप-मेयरको नाम सिफारिस

नेपाली कांग्रेस विराटनगर समितिले गर्‍यो मेयर र उप-मेयरको नाम सिफारिस

सुनसरी / विराटनगर महानगरले नेपाली कांग्रेसको समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए ।

उप-मेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ। केन्द्रले नै महानगरको भागबण्डा टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको छ।

मेयरका लागि जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img