देशकोशी प्रदेशइटहरीको मेयरमा हेमकर्ण पौडेल र उपमेयरमा केशवकुमार बिष्टले टिकट पाए

इटहरीको मेयरमा हेमकर्ण पौडेल र उपमेयरमा केशवकुमार बिष्टले टिकट पाए

सुनसरी / इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले मेयरका लागि टिकट पाएका छन् भने उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफलबाट हेमकर्णलाई टिकट दिने निर्णय भएको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले विष्टलाई उपमेयरको टिकट दिएको हो । यसअघि गठबन्धनको तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीलाई उम्मेद्बार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img