राजनीतिभोट हाल्न गएका माधव नेपालविरुद्ध ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी (भिडिओ)

भोट हाल्न गएका माधव नेपालविरुद्ध ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी (भिडिओ)

काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।

स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो । मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको र कम्पाउण्डभित्रबाट नेपालले नियालिरहेकाे देखिन्छ ।

रौतहट प्रहरीले नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img