देशस्थानीय तह निर्वाचन अपडेट: कहाँ–कहाँ भयो झ,डप?

स्थानीय तह निर्वाचन अपडेट: कहाँ–कहाँ भयो झ,डप?

काठमाण्डु : स्थानीय तहको निर्वाचन देशभर जारी छ । आज बिहानैदेखि जारी मतदानबाट देशभर ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधि निर्वाचित हुनेछन् । अधिकांश मतदान केन्द्रका उत्साहपूर्ण मतदान भइरहेको छ भने कतिपय स्थानमा झ,डपको अवस्था सिर्जना भएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभञ्ज्याङ मतदानस्थलमा झ,डप भएको छ ।अशक्त व्यक्तिको मतदानको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले ९ राउन्ड हवाई फा,यरसमेत गरेको छहो ।

मतदान सामग्री र मतदान अधिकृत नै असुरक्षित हुने अवस्था भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरीका डीएसपी सुकदेव खनालले बताए । अहिले स्थिति नियन्त्रणमा आई पुनः मतदानका लागि सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

त्यस्तै दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा वि,वाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फा,यर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फा,यर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ ।

त्यसैगरी हुम्लामा मतदानका क्रममा झ,डप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुं,गामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ । स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घा,इते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो त,नाव भएको हो ।

ढुं,गामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । यता रामेछापमा पनि दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

दोरम्बा सैलुङ गाउँपालिकाको मानपुरकृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झ,डप हुँदा एक राउण्ड गो,ली चलेको उनले बताए । यता खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झ,डपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फा,यर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको निर्वाचन कार्यलयले जनाएको छ ।

सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झ,डप भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले ह,तियार ते,र्स्याएको तस्वीरमा देख्न सकिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको छ ।

यस्तै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको ह,स्ताक्षर छु,टेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य रहेको छ ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । यस्तै, बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फा,यर भएको छ ।

महोत्तरीको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झ,डप भएको हो ।

झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए । विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।

दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच वि,वाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थागित भएको छ । दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच वि,वाद हुँदा मतदान स्थागित भएको हो । अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए ।

यस्तै गोरखाकाे गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झ,डप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएर माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झ,डप भएको हो । झडपपछि प्रहरीले स्थिति नि,यन्त्रणमा लिन हवाई फा,यर गरेको छ । घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झ,डप भएको बताए ।

बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ । पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झ,डप भएको हो । त्रिपक्षबीच विवाद हुँदा झ,डप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए । पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झ,डप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झ,डप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

अछामको साँफेबगर नगपालिका–१३ बाब्लामा झ,डप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झ,डप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो । बाब्लामा नेकपा एमाले–माओवादी केन्द्र र कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झ,डप भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झ,डप भएपछि मतदान स्थगित भएको बताए ।

झ,डपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झ,डपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार दुई पक्षबीच सामान्य ,विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फा,यर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img