सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर-९ को वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नभराज माङपाहाङले विजयी भएका छन् ।
माङपाहाङले आफ्नो प्रतिद्धन्दी एमालेका गणेश राईको ४३७ मतलाई ४६३ मतले पछि पार्दै जित हासिल गरेका छन् । त्यस्तै, वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का नकुल राई, लक्ष्मण राई, धनकुमारी विक र एमालेका महिला सदस्य ईन्दिरा घिमिरे राइले जित हासिल गरेका छन् ।
नेकपा एमालेको अध्यक्षमा ३९९ मत , उपाध्यक्ष ४६० , वडा अध्यक्ष ४३७ , महिला सदस्य ४६३ , दलित महिला सदस्य ४२८ , सदस्य (१) ४२२ र सदस्य (२) ३८९ मत प्राप्त गरेको छ ।
नेकपा एकीकृत समाजवादीको अध्यक्ष ५०२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष ४६३ , महिला सदस्य ४३९ , दलित महिला सदस्य ४३७ , सदस्य (१) ४९५ र सदस्य (२) ५१२ मत प्राप्त गरेको छ ।



