निर्वाचनमकवानपुरका १४ वडाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

मकवानपुरका १४ वडाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

मकवानपुर — मकवानपुर जिल्लामा स्थानीय तहको मत परिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जिल्लाको १ सय २ वडामध्ये १४ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक माओवादी केन्द्रले ६ वटामा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले ५ वडा जितेको छ । नेकपा एमालेले ३ वटा वडामा जित्न सफल भएको छ ।

माओवादी केन्द्रबाट थाहा नगरपालिका– १ को वडाध्यक्षमा हेरमान गोपाली, थाहा– २ को अध्यक्षमा बमबहादुर सिंतान, मनहरी– २ मा राजकुमार पाख्रिन, बकैया– १ मा आशिष तितुङ, बकैया– २ मा विश्वराज स्याङतान र भीमफेदी- ३ मा पृतिलाल लामा विजयी भएका छन् ।

कांग्रेसबाट इन्द्रसरोवर– १ को अध्यक्षमा सुवास थापा, इन्द्रसरोवर– २ मा सुमन श्रेष्ठ, मनहरी– १ मा शिवप्रसाद खनाल, कैलाश– १ मा तेजबहादुर ब्लोन र मकवानपुरगढी– ८ मा कांग्रेसका कुमार घिसिङ विजयी बनेका छन् । नेकपा एमालेबाट भीमफेदी– २ मा काशीराम बज्यु ,कैलाश– १० मा एमालेका सूर्यबहादुर ब्लोन र भीमफेदी– ४ मा सागर पाण्डे विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img