सुनसरी / धरान उपमहानगरपालिका वडा नम्बर-२ को वडाध्यक्षमा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् ।
राईले ६९५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुले ६२३ मत पाएका छन् । राईले प्रतिस्पर्धी नेपाली कांग्रेसमा सुधिरसिंह लिम्बुलाई ७२ मतले पछि पार्दै बिजयी भएका हुन् । वडासदस्यमा कांग्रेसका अजय राई, बुना शंकर, दिनेश कुमार अग्रवाल, सन्ध्या श्रेष्ठ निर्वाचित भएका छ्न ।



