निर्वाचनसात वडामा गणना : बालेन शाहको मत पाँच हजारनजिक, कुन वडामा कसले...

सात वडामा गणना : बालेन शाहको मत पाँच हजारनजिक, कुन वडामा कसले कति मत पाए ?

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह पाँच हजार मत नजिक पुगेका छन्।

सातवटा वडाको मतगणना जारी रहँदा शाहले ४ हजार ९०५ मत प्राप्त गरेका छन्। बालेनले १ नम्बर वडामा ७८३, दुई नम्बर वडामा ९११, तीन नम्बरमा ७५७, चार नम्बरमा ९९३, पाँच नम्बरमा ९८, ३१ नम्बरमा २६७ र ३२ नम्बर वडामा १ हजार ९६ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ६१४ मत प्राप्त गरेका छन्। स्थापितले वडा नम्बर एकमा ३६५, दुईमा ५७०, तीनमा ४१५, चारमा ४७२, पाँचमा ८०, ३१ मा १९१ र ३२ मा ५२१ मत प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उममेदवार सिर्जना सिंहले २ हजार ३१५ मत पाएकी छन्। सिंहले एक नम्बर वडामा ४५१, दुईमा ३७२, तीनमा ३७५, चारमा ४२०, पाँचमा ६१, ३१ मा १९२ र ३२ बाट ४४४ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img