काठमाडौं– गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।
सोमबार बिहान ६ बजे सम्ममा देशैभरीबाट ७७ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
यी ७७ पालिकामध्ये नेकपा एमालेले २९ पालिकाको स्थानीय तहमा प्रमुख पद जितेका छन् । नेपाली कांग्रेसले २५ पालिकाको नेतृत्वमा विजय भएको छ । माओवादी केन्द्रले भने २१ पालिकाको नेतृत्वमा विजय हासिल गरेको छ ।
यसका साथै नेपाली कांग्रेसले २ सय ६८ पालिकामा अग्रता हासिल गरिरहेको छ भने एमालेले १ सय ६६ स्थानमा अग्रता हासिल गरिरहेको छ । माओवादी केन्द्रले ९५ स्थानमा अग्रता हासिल गरिरहेको छ ।



