निर्वाचनयस्तो छ बालेन र सुनिताको ताजा मतपरिणाम

यस्तो छ बालेन र सुनिताको ताजा मतपरिणाम

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् भने उपमेयरमा नेकपा एमालेको उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतले अग्र स्थानमा छिन ।

पछिल्लो मतगणनाको जानकारी अनुसार साहले ७३३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८६२ मत ल्याएर दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसको सिर्जना सिंहले ३३५८ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५२१ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६९० मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले १३४५ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img