निर्वाचनइटहरीमा हेमकर्ण पौडेललाई १,४६९ मतको अग्रता कायमै

इटहरीमा हेमकर्ण पौडेललाई १,४६९ मतको अग्रता कायमै

सुनसरी / इटहरी उपमहानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।

इटहरी १, २, ३, १९ र २० को मतगणना हुँदा हालसम्म मेयरमा हेमकर्ण पौडेलले १,४६९ मतको अग्रता पाएका छन् । हेमकर्ण पौडेलले मेयरमा ६,८८२ मत प्राप्त गर्दा नेकपा एमालेका यामकुमार सुब्बाले मेयरमा ५,४१३ मत प्राप्त गरेका छन् ।

यता, राप्रपाबाट मेयर पदमा ५६६ मत प्राप्त गरेको छ । उपमेयरमा नेकपा एमाले ५,०६९ ,एकीकृत समाजवादी ३,७७९ र राप्रपाले ७०८ मत प्राप्त गरेको छ । अहिले इटहरी ४ र १७ को मतगणना सुरु गरिएको छ । हाल इटहरी २, ३, १९, १७ र ४ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले हालसम्म इटहरी १ र २० को अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ । दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img