निर्वाचनचर्चित महानगर : काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता

चर्चित महानगर : काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता

काठमाडौं : काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर भरतपुर माहानगर र काठमाडौं माहानगर अहिले अहिले निकै चर्चामा छ ।

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् । भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदी भन्दा २९ मत ले अगी छिन ।

काठमाडौं महानगरपालिका
पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

भरतपुरमा महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल ले झिनो मत ले अग्रात लिएकी छिन। पछिल्लो अपडेट अनिसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ५७१८ मत ल्याउँदा सुवेदीले ५६८९ मत ल्याएका हुन् । सुवेदीले १९ मतको अग्रता लिएका हुन् । मंगलबार बिहान ७ : ३० बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले २६६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img