निर्वाचनभरतपुरमा ९४ हजार मतगणना सकियो, यस्तो छ मत परीणाम

भरतपुरमा ९४ हजार मतगणना सकियो, यस्तो छ मत परीणाम

चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले आठ हजार ५९ मतान्तरले अग्रता लिएकी छन् । उनले ३७ हजार २७ मत प्राप्त गरेकी छन् ।

नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् ।

अहिले २० र २१ नम्बर वडाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img