चितवन : भरतपुर महानगरपालिकामा एक लाख ५४४ मतगणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८८८२ मतले अग्रता कायम गरेकी छन् । रेनुले ३९,८०८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,९२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२,९०५ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,०७४ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,४८४ मत प्राप्त गरेकी छन् ।



