निर्वाचन२ बजे सम्म भरतपुर ११२३७६ मतगणना सकियो, यस्तो छ मत परीणाम

२ बजे सम्म भरतपुर ११२३७६ मतगणना सकियो, यस्तो छ मत परीणाम

चितवन : भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिएको छ ।

भरतपुर महानगरपालिकामा १,१२,६७६ गणना हुँदा रेनु दाहालले १०,६५१ मतको अग्रता लिएकी छन्। रेनु दाहालले ४५,३८९ मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३४,७३८ मत ल्याएका छन्।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १३,८२२ मत ल्याएका छन्। त्यस्तै, उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४६४७१ मत ल्याएका छन् भने हिमला गुरूङले २७,४०४ मत ल्याएकी छन्।

अहिले २५ र २६ वडाको मत गणना भइरहेको छ। २५ वडामा ३३६५ मत गन्दा एमालेले १०५९ मत ल्याएको छ भने कांग्रेसले ९४२ मत, माओवादी केन्द्रले ७५३ मत ल्याएको छ।

यस्तै २६ वडामा १७०३ गणना गर्दा एमालेले ११३ मत ल्याएको छ भने माओवादी केन्द्रले ६९५ मत, कांग्रेसले ६४० मत ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img