निर्वाचनभरतपुरमा मतगणना अन्तिम चरणमा, यस्तो छ मत परीणाम

भरतपुरमा मतगणना अन्तिम चरणमा, यस्तो छ मत परीणाम

काठमाडाैं | भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भइसकेकी छन् ।

हालसम्म कुल १ लाख २६ हजार ९५७ मतगणना हुँदा दाहालले ५१ लाख ६६६ मत पाएकी छन् भने एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले ३९ हजार ३४३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत पाएका छन् ।

यस्तै उपमेयरमा त्रिचसेन अधिकारीले ५२ हजार ४२१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३० हजार ४७७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img