देशकोशी प्रदेशझापामा बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृ´त्यु

झापामा बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृ´त्यु

सुनसरी / झापा जिल्लाको शिवसताक्षी-१ धरमपुर सडक खण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृ´त्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१ धरमपुर सडक खण्डमा को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात बसले प्रदेश १-०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मृ´त्यु हुनेमा मोरङ जिल्लाको पथरी-शनिश्चरे-८ का जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान २६ वर्षीय प्रकाश राई र म्यादी प्रहरी भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img