सुनसरी / धरानको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले भोलि झाडु लिएर आउनु चौक वरिपरि सफा गर्नुपर्छ भनेका छन् ।
आज बुधबार साझँ सामाजिक सञ्चाल फेसबुक मार्फत साम्पाङले धरानको मुख्य चोक भानुचोक सफा गर्न झाडु लिएर आउन आह्वान गरेका हुन् । बाटोमा फोहर फाल्न नहुने लागू गराउन सहयोग माग्दै साम्पाङले भोलि बिहीबार दिउँसो ३ बजे झाडु लिएर आउन भनेका छन् ।
त्यस्तै, हर्क साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन समेत दिएका छन् । उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए । साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् । उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।



