राजनीतिलोकतन्त्रलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ, जो ०७४ पछिको एमाले नेतृत्वको सरकारमा...

लोकतन्त्रलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ, जो ०७४ पछिको एमाले नेतृत्वको सरकारमा : ओली (बिज्ञप्ति)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको अघिल्लो सरकारले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धितर्फ अग्रसर गरको दावी गरेका छन् ।

१५औँ गणतन्त्र दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै उनले आफू र एमालेले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीलाई मजबुदीका साथ अवलम्बन गरेको बताएका हुन् ।

सुभकाना दिँदै उनले भनेका छन्, ‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघिय लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको थियो।’

त्यस्तैगरी अध्यक्ष ओलीले एमालेको सरकारले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरमा संविधानप्रतिको स्वीकार्यता बनाउन सफल भएको दावी गरेका छन् ।

उनले लोकतान्त्रिक गणतन्त्रमाथि संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने प्रयासहरु भइरहेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img