सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन हिजो धरान-१४ को बिजयपुर धरान नगर राप्रपाले गरेको कार्यक्रम आएको थिए ।
जेठ १४ गते हिजो शनिबार धरान-१४ बिजयपुर चोकमा धरान नगर राप्रपाले गरेको कार्यक्रममा बोल्दै लिङदेनले भने `आफू नष्ट हुने तर, भ्रष्ट नहुने´ कुरा कार्यक्रम बताए । यो जन्म मात्र हैन् अर्को जन्ममा पनि भष्ट्रचार गर्दिन । अहिले मैले भष्ट्रचार गरेको प्रमाणित भएमा म हजुरहरुकै घरमा कुकुर भएर काम गर्छु । ’
लाख करोडको कुरा हैन एक रुपैयाँ पनि भष्ट्रचार गरेको छैन् भनेर जुनै मन्दिर पनि र्छिनु सक्नु । नेपालमा अर्थीक अभाव छ भनिन्छ अनी भष्टचार पनि दुबो झै मौलाएको उनले टिप्पणी गरे ।
जनताको ढाड सेक्ने गरि कर बढेको बढेकै छ अहिलेको सरकारलाई त्यसको कुनै लेखाजोखा नै नभएको र कलिला केटाकेटी युवा उमेर समूहमा प्रवेश गरेको भोली पल्ट नै विदेश जानु पर्ने बाध्यताबारे अहिलेको सरकार बेखबर बनेकोमा उनले आपत्ती समेत जनाएका छन् ।



