सुनसरी / आज बिहान मोरङ जिल्लाको कटहरी गाउँपालिका-२ स्थित आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको ह´त्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्लाको कटहरी गाउँपालिका-१ मा बस्ने ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका- १ मा बस्ने २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका- ३ मा बस्ने २८ बर्षीय नितेश चौधरी रहेका छन् ।
आज बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका -१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृ´त अबस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको थियो ।
घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले ह´त्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आज बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।
आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी ह´त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



