काठमाडौँ । भारतले पठाएको मूल्यसूचीपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ ।
समितिको निर्णय अनुसार नयाँ मूल्य आज बिहीबार राति १२ बजेदेखि लागू हुने बताइएको छ ।
योसँगै, पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने भएको छ भने डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा कायम हुने भएको छ ।



