समाजपोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img