देशकोशी प्रदेशदुहवीमा लहरीको ठक्करबाट इटहरीकी एक महिलाको मृत्यु

दुहवीमा लहरीको ठक्करबाट इटहरीकी एक महिलाको मृत्यु

सुनसरी : सुनसरी जिल्लाको दुहवी नगरपालिका-५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाईकलको पछाडी सवार रहेका ईटहरी उपमहानगरपालिका २० मा बस्ने ५८ बर्षीया कृष्ण कुमारी खवास रहेकी छन् ।

हिजो दिनको ३ बजे उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाईकलको पछाडी बसेर जाँदै गर्दा बिपरित दिशाबाट आएको युपि 57एटि 3837 नम्बरको भारतिय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि लहरी र लहरी चालक भारतको कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । -साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img